काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ । शुक्रबार सुनको मूल्य तोलामा पाँच हजार ९०० रुपैयाँ घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
बिहीबार भने सुन तोलामा १३ हजार ३०० रुपैयाँले बढेको थियो । हासंघका अनुसार आज सुनको मूल्य तोलामा दुई लाख ८३ हजारमा कारोबार भइरहेको छ ।
त्यस्तै, चाँदी तोलामा ११० रुपैयाँ घटेको छ । चाँदी प्रतितोला तीन हजार ८१० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
© 2026 All right reserved to samajpress.com | Site By : Sobij