काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले अनिवार्य रूपमा आफ्नो मताधिकार प्रयोग गर्न आम मतदाताहरुलाई आग्रह गरेकी छन् ।
उनले आज सामाजिक सञ्जालमार्फत आम मतदाताहरूलाई आफ्नो मताधिकार प्रयोग गर्न आह्वान गर्दै भनेकी छन्, ‘आदरणीय दिदीबहिनी तथा दाजुभाइहरू, आज फागुन २१, अनिवार्य रूपमा मतदानकेन्द्र पुगी आफ्नो अमूल्य मताधिकार प्रयोग गर्न हार्दिक आग्रह गर्दछु ।’
प्रधानमन्त्री कार्कीले मतदाताको प्रत्येक मत हाम्रो भविष्य निर्धारणका लागि महत्त्वपूर्ण हुने उल्लेख गर्दै शान्तिपूर्ण निर्वाचनका लागि देखाएको संयम र समझदारीप्रति सम्पूर्ण मतदातामा आभार प्रकट गरेकी छन् ।
© 2026 All right reserved to samajpress.com | Site By : Sobij