२०८३ भाद्र ८ सोमबार

Aug 24 2026 Monday

२०८३ भाद्र ८ सोमबार

नेपाली कमेडियनले अमेरिकामा हसाउँने

नेपाली कमेडियनले अमेरिकामा हसाउँने

टेक्सस । नेपालका चर्चित कमेडियनहरुले अमेरिका हसाउँने भएका छन् । नमो नमस्ते इन्टरटेन्टमेन्ट र एटएटफोरएट मिडियाको संयुक्त प्रस्तुति आयोजना हुन लागेको ‘हाँस्छ अमेरिका लाइभ इन अस्टिन’ कार्यक्रममा चर्चित नेपाली कमेडियनहरुले प्रस्तुति दिनेछन् ।

पछिल्लो समय नेपालमा कमेडी रियालिटी शोहरुले उल्लेख्य दर्शक आकर्षित गरिरहेका छन् । नेपाली टेलिभिजनमार्फत दर्शकहरुलाई पर्याप्त हसाउन सफल भएका चर्चित कलाकारहरुले अमेरिकामा रहेका नेपालीहरुलाई हसाउने तयारी गरेका हुन् ।

यही मार्चा ७ तारिख शनिबार साँझ ६ बजे सिप एण्ड स्म्यास सोसलमा आयोजना हुने कार्यक्रममा चर्चित कमेडियनहरु कैलाश कार्की, सुमन कार्की, मेक्सम गौडेल, भरतमणि पौडेल र सुमन कोइरालाले व्यंग्यात्मक प्रस्तुति दिनेछन् ।

आयोजक प्रिन्स भट्टका अनुसार नेपाली हास्य कलाकारिता क्षेत्रलाई अन्तर्राष्ट्रियकरण गर्न र सांस्कृतिक सद्भाव विस्तार गर्न यो कार्यक्रमले उल्लेख्य योगदान दिनेछ ।

कमेडि च्याम्पियन सिजन २ का विजेता भरतमणि पौडेलले हास्छ अमेरिका अन्तर्गत अमेरिकाका विभिन्न सहरहरुमा आफूहरुले प्रस्तुति दिने बताए । यस प्रकारका कार्यक्रमले अमेरिकामा रहेका नेपाली समुदाय र नेपाली हास्य कलाकारबीचको सम्बन्ध प्रगाढ बनाउने विश्वास उनले व्यक्त गरे ।

कार्यक्रममा दर्शकका लागि ३ प्रकारका टिकटहरु व्यवस्था गरिएको छ । जनलर, भिआईपी र भिभीआइपी टिकटहरु सीमित छन् र बिक्री भइरहेका छन् । कार्यक्रमको अफिसियल मिडिया पार्टनरका रुपमा समाजप्रेस रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij