२०८३ भाद्र ८ सोमबार

Aug 24 2026 Monday

२०८३ भाद्र ८ सोमबार

भएभरको सबै मिल्नुहोस् र रास्वपासँग चुनावमा भिड्नुस्ः रवि लामछिाने

भएभरको सबै मिल्नुहोस् र रास्वपासँग चुनावमा भिड्नुस्ः रवि लामछिाने

कर्णाली । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले एमाले अध्यक्ष केपी ओलीप्रति लक्षित गर्दै लोकतन्त्रको खतरा हेलिकप्टर चढेर भागेको बताएका छन् ।

बिहीबार सुर्खेतमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै सभापति लामिछानेले त्यो हेलिकप्टर अब सिंहदरबार र बालुवाटारमा ल्याण्ड हुन नहुने बताएका हुन् ।

उनले भने, ‘लोकतन्त्रको खतरा हेलिकप्टर चढेर भागेको छ। लोकतन्त्रलाई खतरा जब हुन्छ त्यो हेलिकप्टर जब सिंहदरबार वा बालुवाटार ल्यान्ड हुन्छ। ल्यान्ड नहोस्।’

उनले अहिले जनता जागेको बेलामा चुनावको विकल्प नभएको बताए । सभापति लामिछाने सबै दलहरु एक भएर रास्वपासँग भिड्न चुनौती दिए । उनले रास्वासँग फोटो भिडाउने काम भएको भन्दै चुनावमा भिड नभई मतपत्र भिडाउने बताए ।

उनले भने, ‘यहाँ कसको कति मान्छे आए भनेर फोटो भिडाउँदैछन् । आएनन् हाम्रो मान्छे भयो तपाईकै मान्छे आए । चुनावमा मतपत्र भिडाउने हो । भिड भिडाउन हामीलाई जरुरी छैन । हामी निर्वाचनबाट भाग्य बदल्ने काममा लागेको छौं । त्यो विश्वास पनि जनताको हो । अर्को एउटा अफर छ अहिले त्यस्तो पीर छ लोकतन्त्रको भने भएभरको सबै मिल्नुहोस् । एउटा दल बनाएर चुनाव लड्नुहोस् । अल भर्सेल वान । घण्टी भर्सेस अल ।’

उनले जनता जागेको बेला कचकच नगर्न आग्रह गरे । उनले भने, ‘जतिबेला जनता जाग्यो त्यतिबेला कचकच गर्न पाइँदैन । रास्वासँग डराउनुपर्ने को त्यो डराओस् । जनता डराउनुपर्दैन ।’

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij