२०८३ कार्तिक २८ शुक्रबार

Nov 13 2026 Friday

२०८३ कार्तिक २८ शुक्रबार

चन्द्रमातर्फको मानव मिशन अघि बढाउँदै नासा, रकेट इन्धन परीक्षण सफल

चन्द्रमातर्फको मानव मिशन अघि बढाउँदै नासा, रकेट इन्धन परीक्षण सफल

केप क्यानाभेरल । अमेरिकी अन्तरिक्ष संस्था नासाले चन्द्रमातर्फ अन्तरिक्षयात्री पठाउने तयारीस्वरूप आफ्नो नयाँ रकेटमा इन्धन भर्ने अन्तिम तथा महत्वपूर्ण परीक्षण सम्पन्न गरेको छ । यस परीक्षणको सफलताले आर्टेमिस कार्यक्रमअन्तर्गत अन्तरिक्षयात्रीहरूको प्रक्षेपण मिति तय गर्नेछ ।

केनेडी स्पेस सेन्टरमा स्पेस लन्च सिस्टम (एसएलएस) रकेटमा अत्यन्त चिसो हाइड्रोजन र अक्सिजन इन्धन भरी वास्तविक प्रक्षेपण प्रक्रियाको अभ्यास गरिएको थियो । करिब २६ लाख लिटर इन्धन ट्यांकीमा भरेर धेरै घण्टासम्म राखिएको नासाले जनाएको छ ।

यस अभ्यासमा चालक दल सहभागी नभए पनि तीन अमेरिकी र एक क्यानाडेली अन्तरिक्षयात्रीले ह्युस्टनबाट सम्पूर्ण प्रक्रिया निगरानी गरेका थिए । उनीहरू हाल क्वारेन्टिनमा रहेका छन् ।

यदि परीक्षण सफल भएमा अन्तरिक्षयात्री टोलीलाई यही साता चन्द्रमातर्फ पठाउन सकिने नासाको भनाइ छ । करिब १० दिन लामो यस मिसनमा अन्तरिक्षयात्रीहरू चन्द्रमाको वरिपरि उडेर पृथ्वी फर्कनेछन् । उनीहरू चन्द्रमामा अवतरण भने गर्ने छैनन् ।

आर्टेमिस कार्यक्रममार्फत नासाले भविष्यमा दीर्घकालीन चन्द्र मिसनको आधार तयार गर्ने लक्ष्य लिएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij