२०८३ कार्तिक १३ बिहिबार

Oct 29 2026 Thursday

२०८३ कार्तिक १३ बिहिबार

सुन तोलाको दुई लाख ९० हजार ३००  रुपैयाँ

सुन तोलाको दुई लाख ९० हजार ३००  रुपैयाँ

 

काठमाडौँ। नेपाली बजारमा मंगलबार सुनचाँदीको मूल्यमा सामान्य वृद्धि भएको छ । सोमबारको तुलनामा दुवै धातुको मूल्य बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार मंगलबार एक तोला छापावाल सुनको मूल्य दुई लाख ९० हजार ३०० र  त्यति नै परिमाणको चाँदीको मोल  पाँच हजार ३३५ कायम भएको छ । सोमबार एक तोला छापावाल सुन  दुई लाख ८६ हजार ६०० र एक तोला चाँदी रु पाँच हजार २०० मा खरिदबिक्री भएको थियो ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तर्राष्ट्रिय बजारमा एक औँस सुन चार हजार ६८७ र त्यति नै परिमाणको सेतो धातु ८० अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij