काठमाडौं ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)सँग एकता तोडिएपछि कुलमान घिसङ उज्यालो नेपाल पार्टीको अध्यक्ष बनेका छन्।
कुलमानले शनिबार नै पार्टीको सदस्यता लिएको र पार्टी अध्यक्ष भएको जानकारी दिए। पार्टीका अध्यक्ष अनुपकुमार उपाध्यायलाई पार्टीको संरक्षकमा राखिने भएको छ।
उपाध्यायले व्यक्तिगत कारण देखाउँदै राजीनामा दिएको शनिबार पत्रकार सम्मेलन गर्दै जानकारी गराइएको छ।
उज्यालो नेपाल पार्टीले रास्वपाले एकलरुपमा एकता भंग गरेको आरोप लगाएको छ।
रास्वपा र उनेपाबीच पुस १४ गते ७ बुँदे सहमति गर्दै पार्टी एकता गर्ने सहमति भएको थियो। ७ बुँदे सहमति गरेकै कारण कुलमानले अन्तरिम सरकारको मन्त्रीबाट राजीनामा दिनुपरेको थियो।
© 2026 All right reserved to samajpress.com | Site By : Sobij