२०८३ कार्तिक २८ शुक्रबार

Nov 13 2026 Friday

२०८३ कार्तिक २८ शुक्रबार

आर्सनलसँग एस्टन भिल्ला पराजित

आर्सनलसँग एस्टन भिल्ला पराजित

काठमाडौं ।  प्रिमियर लिग अन्तर्गत बुधबार भएको खेलमा शीर्ष स्थानको आर्सनलले एस्टन भिल्लामाथि ४-१ गोलको फराकिलो जित दर्ता गरेको छ।

घरेलु मैदानमा भएको उक्त खेलको दोस्रो हाफमा उत्कृष्ट पुनरागमन गर्दै आर्सनलले  ३ अंक जोडेको हो।

खेलको ४८औँ मिनेटमा गाब्रिएल मागाल्हेसले गोल गर्दै आर्सनललाई सुरुवाती अग्रता दिलाए। ५२औँ मिनेटमा मार्टिन जुबिमेन्डी र ६९औँ मिनेटमा लिएन्ड्रो ट्रोसार्डले गोल गरेपछि आर्सनल ३-० ले अघि बढ्यो।

७८औँ मिनेटमा गाब्रिएल जेसुसले चौथो गोल गर्दै टोलीको जित सुनिश्चित गरे।

खेलको अन्तिम समय (इन्जुरी समय) मा एस्टन भिल्लाका ओली वाट्किन्सले एक गोल फर्काए पनि टोलीको हार टार्न पर्याप्त भएन।

यो जितसँगै आर्सनल ४५ अंक जोड्दै लिग तालिकाको शीर्ष स्थानमा आफ्नो पकड थप बलियो बनाएको छ। पराजित एस्टन भिल्ला भने ३९ अंकका साथ तालिकाको तेस्रो स्थानमा यथावत छ।

बुधबार नै भएको अर्को प्रतिस्पर्धात्मक खेलमा वेस्ट ह्याम युनाइटेड र ब्राइटनले २-२ गोलको बराबरी खेल्दै अंक बाँडेका छन्।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij