२०८३ कार्तिक ३ सोमबार

Oct 19 2026 Monday

२०८३ कार्तिक ३ सोमबार

जनसम्पर्क समिति टेक्ससमा कौशलको नेतृत्व

जनसम्पर्क समिति टेक्ससमा कौशलको नेतृत्व

टेक्सस । जन सम्पर्क समिति अमेरिका अस्टिन च्याप्टरको दोस्रो अधिवेशन शनिबार अस्टिनस्थित करी किचनमा सम्पन्न भएको छ। अधिवेशनको उद्घाटन सत्रको सभापतित्व कौशल किशोर यादवले गर्नुभएको थियो भने प्रमुख अतिथिका रूपमा केन्द्रीय उपसभापति सिपी पौडेल सहभागी हुनुभएको थियो।

कार्यक्रममा केन्द्रीय सदस्यहरू ओम भट्टराई, रविन बस्नेत तथा स्थानीय समाजसेवीहरू पदम ठकुराठी, दिपक हुमागाईं, नेत्रवन्धु पोख्रेल, रामकुमार सुवेदी, विनोद श्रेष्ठ र सुरेन्द्र लौडारीको उपस्थिति रहेको थियो। साथै नेपाली कांग्रेस केन्द्रीय कार्यालय, जन सम्पर्क समिति समन्वय विभाग र नेपाली जन सम्पर्क समिति अमेरिकाका तर्फबाट प्राप्त शुभकामना सन्देशहरू वाचन गरिएको थियो।

उद्घाटन सत्रमा टुकप्रसाद चापागाईंले स्वागत मन्तव्य राख्नुभएको थियो। कार्यक्रममा वक्ताहरूले जन सम्पर्क समितिको भूमिका र औचित्यमाथि चर्चा गर्दै अधिवेशन सफलताको शुभकामना व्यक्त गर्नुभएको थियो। कार्यक्रमको सञ्चालन शम्भु दवाडीले गर्नुभएको थियो।

उद्घाटन सत्रपछि नेत्रवन्धु पोख्रेलको संयोजकत्वमा गठन गरिएको निर्वाचन समितिले निर्वाचन प्रक्रिया सम्पन्न गरेको थियो। निर्वाचनमार्फत सबै पदमा सर्वसम्मत चयन गरिएको छ। जसअनुसार सभापतिमा कौशल किशोर यादव, उपाध्यक्षहरूमा टुकप्रसाद चापागाईं र रिता बस्नेत, सचिवमा तिलक भण्डारी, कोषाध्यक्षमा विनोदकुमार शाह तथा सदस्यहरूमा श्यामकुमार यादव, सुरेन्द्र सिंह साउद, मुस्कान यादव, धर्मेन्द्र यादव, रेनु गिरी हुमागाईं र राजेन्द्रकुमार यादव चयन हुनुभएको छ।

अधिवेशनपछि बसेको नयाँ कार्यसमितिको पहिलो बैठकले केन्द्रीय महाधिवेशनमा सहभागी हुने १७ जना प्रतिनिधिहरूको समेत छनोट गरेको छ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij