२०८३ कार्तिक १२ बुधबार

Oct 28 2026 Wednesday

२०८३ कार्तिक १२ बुधबार

नेप्सेमा सामान्य वृद्धि, ६ अर्ब ६९ करोडको कारोबार

नेप्सेमा सामान्य वृद्धि, ६ अर्ब ६९ करोडको कारोबार

काठमाडौँ । नेप्सेमा सामान्य वृद्धि भएको छ । बुधबार नेप्से ९.६१ अंकले बढेर २६६५.६०  विन्दुमा पुगेर रोकिएको छ ।

आज ३२२ कम्पनिका एक करोड ३६ लाख २० हजार ८३८ कित्ता शेयर ६ अर्ब ६९ करोड २९ लाख ७१ हजार ९५ मा कारोबार भएको थियो ।

 

आज फाइनान्स, लगानी, जीवन बीमा, म्युचुअल फण्ड र निर्जीव वीमा बाहेक सबै क्षेत्रको शेयर मुल्य बढेको छ ।

 

आज झापा इनर्जीको शेयरमा सकारात्मक सर्किट लागेको छ भने सागर डिस्टिलरी र स्वस्तिक लघुवित्तको शेयर ९.९९ प्रतिशतले बढेको छ । त्यस्तै आज बोटलर्स नेपालको शेयर ३.९६ प्रतिशतले घटेको छ ।

 

त्यस्तै आज सबै भन्दा बढी एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेडको ६२ करोड ४३ लाखको कारोबार भएको छ भने शिभम सिमेन्टको २६ करोड ७५ लाख बराबर कारोबार भएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij