काठमाडौं । सेयरबजारमा आज पाँच अंकको सुधार आएको छ। अघिल्लो दिन उच्च अंकले बढेको बजार आज ५.३२ अंकले उकालो लागेर २६५५.९९ विन्दुमा पुगेको हो।
योसँगै बजारमा आज १ करोड बढी कित्ता बिक्री हुँदा कारोबार रकम ५ अर्ब ८२ करोड पुगेको छ।
मंगलबार १ सय २२ वटा सेयरको मूल्य बढ्दा १२५ वटाको घटेको र १० वटाको अघिल्लो मूल्यमा कारोबार भएको छ। आज झापा इनर्जीको १० प्रतिशतले बढ्दा लगानीकर्ताले ५५.१० रुपैयाँ प्रतिसेयर आम्दानी गरेका छन्।
© 2026 All right reserved to samajpress.com | Site By : Sobij