२०८३ भाद्र ८ सोमबार

Aug 24 2026 Monday

२०८३ भाद्र ८ सोमबार

बालेनले कसलाई भने मान्छे बनौँ पहिले

बालेनले कसलाई भने मान्छे बनौँ पहिले

काठमाडौँका अलग–अलग स्थानमा एकैदिन (मंसिर ७ गते) मूलतः एकअर्कालाई देखाउन दुर्गा प्रसाईं र महेश बस्नेतले गरेका प्रदर्शनको चर्चा चलिरहेका बेला काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) शाहले भने कवितात्मक शैलीमा कटाक्ष गरेका छन्।

उनले सामाजिक सञ्जालमार्फत यो देशमा सबैलाई राजा, राष्ट्रपति, प्रधानमन्त्री र नेता मात्रा बन्न मन लागेको तर देशलाई चाहिने मान्छे बन्न कसैलाई मन नलागेको भनी व्यंग्य गरेका हुन्।

उनले लेखेका छन्

यो देशमा सबैलाई
राजा बन्न मन लाग्यो
राष्ट्रपती बन्न मन लाग्यो
प्रधानमन्त्री बन्न मन लाग्यो

नेता बन्न मन लाग्यो
देशलाई मान्छे चाहिएको छ,
मान्छे बन्न कसैलाई मन लागेन, जसले धर्तीलाई माया गरोस्
मान्छे बनौँ पहिला
अरू त जनताले बनाइहाल्छन् नि!

एमाले नेता महेश बस्नेतले बिहीबार युवा संघले तीनकुनेमा गरेको कार्यक्रममा बालेन पनि राजा बन्न खोजेको भनी आरोप लगाएका थिए।

राजतन्त्रको धुवाँधार वकालत गर्दै बिहीबार कार्यक्रम गरेका प्रसाईंको समूह र गणतन्त्र रक्षाका लागि भन्दै प्रदर्शन गरेका युवा संघका कार्यकर्ताबीच बल्खुमा झडपसमेत भएको थियो।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij