अष्टिन । लोकप्रिय गायक तथा स्टेज पर्फमर दुर्गेश थापा आज साँझ अष्टिनमा आफ्नो पहिलो अमेरिकी लाइभ प्रस्तुतिका लागि उपस्थित हुँदैछन् । उनको अमेरिका भ्रमणको पहिलो प्रस्तुति यही शुक्रबार, १७ अक्टोबरका दिन एगेभ क्लब (Agave Club, 13422 Dessau Rd, Austin, TX 78754) मा हुने तय गरिएको छ।
कार्यक्रमका लागि सम्पूर्ण तयारी पूरा भइसकेको र दर्शकहरूको उत्साह उच्च रहेको आयोजक टिमले जानकारी दिएका छन्। ढोका साँझ ७ बजे खुल्नेछ र शो राति ८ बजे सुरु हुनेछ।
कार्यक्रममा दुर्गेश थापाले आफ्ना चर्चित हिट गीतहरू — “दुश्मन हेरेको हेरेई”, “जाने भए जाममाया”, “पहिलो माया” लगायतका लोकप्रिय गीतहरू प्रस्तुत गर्नेछन्।
अष्टिनबाट सुरु हुने यो सांगीतिक यात्राअन्तर्गत उनले न्युयोर्क, बाल्टिमोर, कोलम्बस, कोलोराडो लगायतका विभिन्न अमेरिकी सहरहरूमा प्रस्तुति दिनेछन्।
यस टुरको अन्तिम कार्यक्रम नोभेम्बर २२ मा डल्लास, टेक्सासमा सम्पन्न हुने तय गरिएको छ।
यस शानदार संगीत यात्राको अष्टिन कार्यक्रम उत्तर अष्टिन नेपाली समाज (North Austin Nepali Society – NANS) को प्रस्तुतिमा आयोजना गरिएको हो।
अष्टिनवासी नेपाली समुदायका लागि यो वर्षको सबैभन्दा प्रतिक्षित र मनोरञ्जनपूर्ण सांगीतिक साँझ हुने अपेक्षा गरिएको छ।
साथै आयोजक टिमका अनुसार, टिकटहरू तीव्र गतिमा बिक्री भइरहेका छन् र दर्शकहरूको उपस्थिति उल्लेखनीय रहने विश्वास व्यक्त गरिएको छ।
© 2026 All right reserved to samajpress.com | Site By : Sobij