२०८३ कार्तिक १२ बुधबार

Oct 28 2026 Wednesday

२०८३ कार्तिक १२ बुधबार

तीन पटक नकारात्मक सर्किट ब्रेक लागेपछि आजको शेयर कारोबार बन्द

तीन पटक नकारात्मक सर्किट ब्रेक लागेपछि आजको शेयर कारोबार बन्द

काठमाडौँ । नेप्सेमा आज तीन पटक नकारात्मक सर्किट ब्रेक लागेपछि आजको कारोबार बन्द भएको छ ।

बिहीबार पहिलो पटक सर्किट ब्रेक लागेपछि शुरुमा २० मिनेटको लागि कारोबार बन्द भएको थियो भने ११:२३ बजे कारोबार पुनः सुरु भयो तर सुरु भएको एक मिनेट भित्र, नेप्से ५ प्रतिशतले घटेपछि नियम अनुसार ४० मिनेट कारोबार बन्द गरिएको थियो ।

त्यसपछि दिउँसो १२:०४ बजे कारोबार पुनः सुरु भयो, तर दुई मिनेट भित्रै, नेप्से ६ प्रतिशतले घटेपछि आजको लागि कारोबार स्वतः बन्द भएको छ । आज बन्द नेप्से १६०.३३ अंकले घटेर २५११.९१ विन्दुमा रोकिएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij