२०८३ कार्तिक १६ आइतबार

Nov 01 2026 Sunday

२०८३ कार्तिक १६ आइतबार

बागमती प्रदेशका सभामुखले दिए राजीनामा

बागमती प्रदेशका सभामुखले दिए राजीनामा

काठमाडौं। बागमती प्रदेशका सभामुख भुवनकुमार पाठकले राजीनामा दिएका छन्। गत भदौ २३ गते जेन-जी को भ्रष्टाचारको विरुद्ध र सशासनको पक्षमा भएको प्रदर्शनको क्रममा अस्वभाविक बल प्रयोगबाट राष्ट्रवादी नेपालीहरुले अनाहकमा सहादत प्राप्त गरेपछि आफू अत्यन्त भावविह्वल भएको उल्लेख गरेका छन्।

राष्ट्र रोएको बेला नेपाली जनताको चाहना र युवा पुस्ताको भावनाविपरित पदमा बसिरहनु सर्वथा अनुचित हुन्छ भन्ने लागेर भदौ २४ गते सामाजिक सञ्जालबाट राजीनामा गर्ने घोषणा गरेको स्मरण गराएका छन्। उनले आज नेपालको संविधान र प्रदेशसभा नियमावली २०७४ बमोजिम बागमती प्रदेश सभाको सभामुख पदबाट राजीनामा गरेको उल्लेख गरेका छन्।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij