२०८३ कार्तिक ३ सोमबार

Oct 19 2026 Monday

२०८३ कार्तिक ३ सोमबार

बसन्तको बखानमाथि सानेपामा परिचर्चा

बसन्तको बखानमाथि सानेपामा परिचर्चा

ललितपुर । नेपाली कांग्रेस पुस्तकालय तथा पार्टी अध्ययन स्रोत केन्द्र बिभागले लेखक बसन्त पराजुलीको उपन्यास बखान माथि परिचर्चा कार्यक्रम आयोजना गरेको छ । कांग्रेस केन्द्रीय कार्यालय सानेपा ललितपुरमा आज आयोजित परिचर्चा कार्यक्रममा सहभागि कांग्रेस नेता एव लेखक साहित्यकारहरुले ऐतिहासिक पात्र बखानसिंह गुरुङले प्रजातान्त्रिक आन्दोलन,सहकारी अभियान एव चितवनको बस्ती विकासमा पुर्याएको योगदानमा आधारित भएर उपन्यास लेखिएको भन्दै प्रशंशा गरेका थिए ।

कार्यक्रममा नेपाली कांग्रेसका सांसद  एव पूर्व मन्त्री दिलेन्द्रप्रसाद बडुले आँफूले उपन्यास पढ्न नभ्याएपनि बखानसिंह गुरुङको संघर्षको बारेमा जानकार रहेको भन्दै ऐतिहासिक बिषयलाई उपन्यास मार्फत उजागर गरेकोमा लेखक पराजुलीलाई बधाई दिए । उनले युवा पुस्ताहरुले ऐतिहासिक बिषयबस्तुमा गहिरो अध्ययन गरेर पुस्तकको माध्यमबाट समाजलाई योगदान दिनुपर्नेमा जोड दिए ।

कांग्रेस नेता एव बिश्लेषक शंकर तिवारीले बखानसिंह गु्रुङको जीवनीमा आधारित उपन्यासबाट कांग्रेसको नेतृत्वमा पटक पटक भएको संघर्ष, २०३८ सालमा गुरुङ मन्त्री बन्दा कान्न, न्याय तथा भूमिसुधार मन्त्रीनै रोज्नुको कारण जस्ता बिषय खोजीको अर्को पाटो  भएको उल्लेख गरेका थिए । लेखक, साहित्यकार ठाकुर बेल्वासेले उपन्यास पाउने बित्तिकै कस्तो होला के होला भन्दै पाटा पल्टाउँदा आफ्नो ध्यान एकाकार भएको भन्दै पराजुलीले नेपाली साहित्यलाई उत्कृष्ट उपन्यास दिएको बताए । उनले यस्लाई इतिहासको दस्तावेज भन्दा पनि उपन्यासकै रुपमा ग्रहण गर्नुपर्नेमा जोड दिए ।

साहित्यकार एव प्राध्यापक एलबी क्षेत्रीले २०१८ सालमा चितवनमा पन्चायत बिरुद्ध भएको संघर्षको बिषय उपन्यासमा समेटिएको भन्दै त्यसबारे कांग्रेसले अझै खोजबीन गर्नुपर्ने सुझाव दिए । बखानसिंह गुरुङले पनानिति जानुका गुरुङले कतिपय प्रसङ उपन्यासमा समेटिन बाँकी रहेको भन्दै कांग्रेसले आफ्ना बाजेको उचित मूल्यांकन गर्न नसकेको गुनासो गरिन् । उपन्यासकार पराजुलीले आँफूले बखानसिंह गुरुङको ऐतिहासिक तथ्यमा केन्द्रीत भई उपन्यास तयार पारेको जानकारी दिंदै पछिल्लो समय राजनीतिक बृत्तमा ब्यापक बहस सिर्जना गर्न सफल भएकोमा सबैप्रति आभार ब्यक्त गरे ।

 

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij