काठमाडौँ । अमेरिकाले भारतविरुद्ध थप गरेको २५ प्रतिशत भन्सार कर आजदेखि लागु गर्ने जनाएको छ।
अमेरिकी भन्सार तथा सीमा सुरक्षाले आज बिहान सूचना जारी गरी भारतबाट आफ्नो देश आउने सामानमा अबदेखि कुल ५० प्रतिशत कर लाग्ने जानकारी दिएको हो।
पहिले २५ प्रतिशत र पछि थपिएकोसमेत भारतसँग निर्यातबापत अमेरिकाले कुल ५० प्रतिशत कर लिने भएको हो। ‘२०२५ अगस्ट २७ वा यसपछि प्रयोगका लागि आउने वा गोदामबाट बाहिर निकालिने कुनै पनि भारतीय सामान यो बढेको करको दायरामा पर्नेछ सूचनामा उल्लेख गरेको छ ।
भारतले रुसबाट कच्चा तेल खरिद गरेर युक्रेनविरुद्धको युद्धमा सहयोग पुर्याइरहेकाले ५० प्रतिशत कर लगाइएको अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले बताएका छन्।
© 2026 All right reserved to samajpress.com | Site By : Sobij