काठमाडौं । नेपालको संविधान जारी भएको एक दशक पूरा भएको ऐतिहासिक अवसरमा समाजप्रेस डटकमले कन्स्टिच्युसन कन्क्लेभ आयोजना गर्ने भएको छ । भदौ ३१ गते काठमाडौंमा आयोजना हुने कन्क्लेभमा नेपालको संविधान जारी भएपछिको एक दशकको अवधिको समिक्षा र आगामि बाटोबारे विमर्श हुनेछ । गणतन्त्र नेपालका प्रथम राष्ट्रपति एवं संविधान जारीकर्ता डा.रामवरण यादवले कन्क्लेभको समुद्घाटन गर्नुहुनेछ ।

समुद्घाटन समारोहलाई प्रमुख राजनीतिक दलका नेता, संविधानविद्, राजनीतिशास्त्री तथा नीजि क्षेत्रका अगुवाहरुले सम्बोधन गर्नुहुनेछ । कन्क्लेभको उद्घाटन सत्रकै क्रममा आयोजना हुने उपसत्रमा कृषि, उद्योग, पर्यटन, दुरसञ्चार, स्वास्थ्य लगायतका क्षेत्रमा एक दशकमा भएका प्रगतिबारे विज्ञहरुको प्रस्तुति समेत रहनेछ । कन्क्लेभले नेपालको संविधान कार्यान्वयनको पहिलो एक दशकको समिक्षा गर्दै आगामी दशकमा संविधानलाई अझ सुदृढ बनाउने दिशामा महत्वपूर्ण योगदान दिने विश्वास आयोजकले लिएको छ ।
© 2026 All right reserved to samajpress.com | Site By : Sobij