२०८३ कार्तिक १६ आइतबार

Nov 01 2026 Sunday

२०८३ कार्तिक १६ आइतबार

रविलाई जमानतमा छोड्न माग लिएर उच्च अदालतमा निकिताले दिइन पुनरावेदन

रविलाई जमानतमा छोड्न माग लिएर उच्च अदालतमा निकिताले दिइन पुनरावेदन

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई जमानतमा छोड्नुपर्ने माग लिएर उनी पत्नी निकिता पौडेलले उच्च अदालतमा पुनरावेदन गरेकी छन् ।

जिल्ला अदालत रुपन्देहीले रविलाई जमानतमा छाड्न नमानेपछि निकिताले आज उच्च अदालत बुटवलमा पुनरावेदन गरेकी हुन् ।

सामाजिक सञ्जालमा स्ट्याटस लेख्दै निकिताले आफ्नो श्रीमान् जेलभित्र सुरक्षित नरहेको बताएकी छन् । रविलाई बिगो ताक्न र त्यस बराबरको बैंक जमानत लिएर जेलबाहिरबाट मुद्दा लड्न दिन उनको माग छ ।

निकिताले फेसबुकमा लेखेकी छन्, ‘आज मैले उच्च अदालत, बुटवलको ढोका पनि ढक्ढक्याएँ । मेरो श्रीमान् भन्नुहुन्छ, ‘यो देशमा शक्ति पृथकीकरण समाप्त भएको धेरै भइसक्यो, एउटै रावणका फरक टाउका गन्न छाडिछेउ ।’ तर, श्रीमतीका रूपमा मेरो पनि जिद्दी छ, न्याय पाइयोस् कि नपाइयोस्, म संविधान र कानुनले अनुमति दिएका देशभित्र र बाहिरका न्यायका हरेक ढोका ढकढक्याउने छु ।’

आफ्नो श्रीमानको जीवन सुरक्षित नरहेको र प्रधानमन्त्रीदेखि महामन्त्रीसम्मले संसद्को रोष्ट्रमबाट धम्क्याइरहेको उनले बताएकी छन् ।

‘मैले हिजो पनि भनेकी हुँ र आज पनि भन्छु, मेरो श्रीमानको जीवन सुरक्षित छैन । भैरहवा कारागारमा उहाँलाई कसरी राखिएको थियो, अब मैले केही भनिरहन पर्दैन । यिनीहरूले किन जेल सार्न मानिरहेका थिएनन्, यिनीहरूको नियत के थियो, त्यो पनि बताइरहन पर्दैन ।

आफैँले झुटा मुद्दा लगाएर, सत्ता र शक्तिको चरम दुरुपयोग गरेर जेलमा थुनेको एउटा बन्दीलाई प्रधानमन्त्रीदेखि महामन्त्रीसम्मले संसद्को रोष्ट्रमबाट किन धम्क्याइरहेका होलान्, त्यो पनि अब मैले भनिरहन पर्दैन,’ उनले लेखेकी छन् ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij