२०८३ कार्तिक ३ सोमबार

Oct 19 2026 Monday

२०८३ कार्तिक ३ सोमबार

फ्रेनीयाको ट्रेलर सार्वजनिक, सेप्टेम्बर १२ मा विशेष प्रदर्शन

फ्रेनीयाको ट्रेलर सार्वजनिक, सेप्टेम्बर १२ मा विशेष प्रदर्शन

टेक्सस । अष्टिनस्थित पिगासस इन्टरटेन्मेन्टले निर्माण गरेको मनोवैज्ञानिक छोटो फिल्म फ्रेनीयाको ट्रेलर सार्वजनिक गरिएको छ। नेपाली कलाकार तथा निर्देशक सुवास थापाको परिकल्पनामा बनेको यो फिल्मले एक चित्रकारको आन्तरिक संघर्ष, मानसिक स्वास्थ्य र सिर्जनात्मक यात्राको कथा प्रस्तुत गर्छ। फिल्मको विशेष प्रदर्शन सेप्टेम्बर १२, २०२५, शुक्रबार साँझ ७ बजे जर्जटाउन प्यासलेस थिएटरमा हुने भएको छ।

कार्यक्रममा कलाकार तथा प्राविधिक टोलीको उपस्थिति रहनेछ भने, दर्शकलाई फिल्मपछि प्रश्नोत्तर सेसन, फोटो अवसर, र सामाजिक भेटघाट को पनि व्यवस्था गरिएको छ। फिल्म हाल विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय फिल्म महोत्सवमा समेत सहभागी हुने तयारीमा छ, जसले नेपाली प्रतिभा र सन्देशलाई फराकिलो दर्शक माझ पुर्‍याउने अपेक्षा गरिएको छ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij