टेक्सस । तीजको अवसर पारेर ग्रेटर अस्टिन नेपाली सोसाइटीले अब गाउँछ अमेरिका कार्यक्रम आयोजना गर्दैछ । शनिबार साँझ ६ बजेपछि हुने कार्यक्रममा चर्चित कलाकारहरु बद्री पंगेनी, एलिना चौहान, प्रताप दास, कला लम्साल लगायतले सांस्कृतिक प्रस्तुति दिनेछन् । कार्यक्रममा डिजेको प्रस्तुतिसहित नाँचगान कार्यक्रम हुने आयोजकले जनाएको छ ।
तीजको सन्दर्भमा आयोजित कार्यक्रमको प्रस्तुतकर्ता फ्लाई नेपाल ट्राभल रहेको छ भने मुख्य सहयोगीका रुपमा नमो नमस्ते इन्टरटेन्टमेन्ट र एटएटफोरएट मिडिया हाउन रहेका छन् । ग्रेटर अस्टिन नेपाली सोसाइटीको कम्युनिटी सेण्टरमा आयोजना हुने कार्यक्रममा १० वर्ष मुनि र ७० वर्ष माथिका सहभागिलाई निशुल्क प्रवेशको व्यवस्था गरिएको छ । कार्यक्रममा तीजको दर समेत समावेश हुने आयोजकले जनाएको छ ।
© 2026 All right reserved to samajpress.com | Site By : Sobij