२०८३ भाद्र ८ सोमबार

Aug 24 2026 Monday

२०८३ भाद्र ८ सोमबार

अस्पतालको ल्यापटप चोरेको आरोपमा सशस्त्रका असई पक्राउ

अस्पतालको ल्यापटप चोरेको आरोपमा सशस्त्रका असई पक्राउ

कैलालीको धनगढीस्थित स्वस्तिक अस्पतालबाट ल्यापटप चोरी गरेको आरोपमा सशस्त्र प्रहरीका एकजना सहायक निरीक्षक (असई) पक्राउ परेका छन्।

धनगढी उपमहानगरपालिका-३ घर भएका असई रमेश भण्डारीलाई अस्पतालको ल्यापटप चोरेको आरोपमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय, कैलालीले जनाएको छ।

प्रहरी नायब उपरीक्षक कुलदीप चन्दका अनुसार, पक्राउ परेका भण्डारीविरुद्ध जाहेरी दर्ता गरेर अनुसन्धान अघि बढाइएको छ।

दार्चुलामा कार्यरत भण्डारीले तालिमको लागि आएका बेला अस्पतालको ल्यापटप चोरेको आरोप छ।

 

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij