२०८३ कार्तिक १६ आइतबार

Nov 01 2026 Sunday

२०८३ कार्तिक १६ आइतबार

ओलीको दाबी : ‘काँग्रेस संसदीय दलको नेता फेर्न १२ जना नपुगेको खबर एक जनाले सुनाए’

ओलीको दाबी : ‘काँग्रेस संसदीय दलको नेता फेर्न १२ जना नपुगेको खबर एक जनाले सुनाए’

काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले आजै मात्र आफूलाई एक जना मान्छेले भेटेर नेपाली काँग्रेसको संसदीय दलको नेता फेर्ने गरी कसरत भइरहेको जानकारी गराएको बताएका छन् ।

तर, यस्ता कुराहरू हल्ला मात्र भएको भन्दै यस्ता कथा सुन्दा सुन्दै कान टट्याइसकेको बताएको प्रधानमन्त्री ओलीको भनाइ छ ।

‘आज बिहान आएर मात्रै मलाई एक जनाले भन्यो– नेपाली काँग्रेसभित्र एकदम ठूलो समस्या हुने भयो, दलको नेता फेर्न १२ जना पुगेको छैन, १२ जना पुर्‍याएर ढाल्ने भए भनेर सुनाए,’ प्रधानमन्त्री ओलीले भने ।

यस्ता कथाहरू बेला बेला आइरहने भन्दै बेला बेलामा संस्करणहरू आइरहने तर संशोधन केही नहुने प्रधानमन्त्री ओलीले बताए ।

‘यो कथा कति सुन्नु, कान टट्याइसक्यो । यो कथा हो । यो कथा अर्को संस्करण भएर आइरहन्छ, बोल्ने पात्र फेरिन्छ, तर संशोधन केही हुँदैन,’ प्रधानमन्त्री ओलीले भने ।

प्रधानमन्त्री ओलीले ०८४ पछि पनि नेकपा एमाले र नेपाली काँग्रेसकै नेतृत्वमा सरकार बन्ने बताए ।

मंगलबार आयोजित भूमि समस्या समाधान आयोगको वार्षिक समीक्षा गोष्ठीलाई सम्बोधन गर्ने क्रममा उनले कुनै पार्टीको नेतृत्वमा सरकार बन्छ की भन्ने नसोच्न पनि आग्रह गरे ।

०८४ को निर्वाचनपछिको सरकार कि एमालेले बनाउने कि काँग्रेसले बनाउने प्रधानमन्त्री ओलीको भनाइ थियो ।दुवै पार्टीको बहुमत आउन नसके काँग्रेस र एमाले मिलेरै सरकार बनाउने बताए ।

‘अरु अढाई वर्ष बाँकी छ । यो सरकार ०८४ को पुससम्म जान्छ । त्यसपछि तपाईँहरू यो नठान्नुस् की कोही अर्को । तपाईँहरूलाई अहिले नै भनिदिन्छु,’ ओलीले भने, ‘कि एमालेले बनाउँछ, एमालेले बनाएन भने काँग्रेसले बनाउँछ । काँग्रेसले बनाएन भने एमाले- काँग्रेसले बनाउँछन् । यो तीन वटा बाहेक अर्को कुनै विकल्प छैन ।’

 

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij