२०८३ कार्तिक ३ सोमबार

Oct 19 2026 Monday

२०८३ कार्तिक ३ सोमबार

“फ्रेनीयाः एक कलाकारको मनोवैज्ञानिक सङ्घर्षको कथा”

“फ्रेनीयाः एक कलाकारको मनोवैज्ञानिक सङ्घर्षको कथा”

अस्टिन । कलाकारिता केवल क्यानभासमा सीमित हुँदैन, कहिले काँही त्यो कलाकारको आत्माभित्र पनि लडाइँ बनिदिन्छ। यही गहिरो संघर्षलाई पर्दामा उतार्दै, अभिनेता तथा परिकल्पनाकार सुबाश थापाले आफ्नो नयाँ मनोवैज्ञानिक सर्ट फिल्म फ्रेनीय लिएर आएका छन्।

फिल्म फ्रेनीय को मुख्य पात्र प्रकाश, एक चर्चित चित्रकार हुन्, जो २०० दिनको नशा मुक्ति पछि आफ्नो स्टुडियोमा फर्कन्छन्। तर उसलाई नयाँ चित्र सुरु गर्नुभन्दा अगाडि, एउटा खाली क्यानभासले त्रास दिन थाल्छ। त्यो क्यानभास केवल स्टुडियोमा मात्र होइन, उसले हरेक ठॅाउमा देख्न थाल्छ।

फिल्ममा कलाकारको रचनात्मक क्षमता, उसको दुर्ब्यसन, त्यसबाट उम्किने संघर्ष र एक्लोपनको अनुभुति अनि मानशिक अन्तरद्वन्द गहिरोसँग चित्रण गरिएको छ। जब प्रकाशले पहिलोपटक बिना लागूपदार्थ चित्र बनाउन खोज्छन्, उनी आफ्नो डर, आत्मसन्देह र मानसिक अवस्थासँग जुध्छन्।

सुबाश थापा: एक बहुपक्षीय कलाकार

सुबाश थापा, जो यस फिल्मका परिकल्पनाकार र प्रमुख पात्र पनि हुन्, नेपाली सिनेमा र नाटक जगतमा एक सशक्त नाम हुन्। हाल अमेरिकालाई कर्मथलो बनाएर आफ्नो कलायात्रामा अगाडि बडिरहेका थापाले यहॅा Knight Watchmen series , Music videos र The swiftlet भन्ने नाटक मा अभिनय र निर्देशन पनि गरेका छन। अभिनयमा गहिरो पकड राख्ने थापा, निर्देशनमा पनि उत्तिकै सशक्त छन्। उनले फ्रेनीय मार्फत मानसिक स्वास्थ्य र कलाकारको आन्तरिक संघर्षजस्ता विषयहरूलाई गहिरो संवेदनशीलताका साथ प्रस्तुत गरेका छन्।

“फ्रेनीय केवल एक फिल्म होइन,” सुबास भन्छन्, “यो एउटा आवाज हो—तिनी सबैका लागि जो रचनात्मकता र मानसिक संघर्षबीच जुझीरहेका छन्।”

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij