काठमाडौं । इजरायलको आक्रमणबाट गाजामा ज्यान गुमाउनेको संख्या साढे १० हजार नाघेको छ । बुधबार रातिसम्म गाजामा १० हजार ५६९ जनाले ज्यान गुमाएको अल्जजिराले जनाएको छ ।
पछिल्लो २४ घण्टामा मात्र गाजामा २१४ जनाले ज्यान गुमाएको समाचारमा उल्लेख छ । इजरायलले आवासीय क्षेत्रलाई केन्द्रित गरेर आक्रमण गरिरहेको अल्जजिराको दाबी छ ।
बीबीसीले पनि गाजामा साढे १० हजारभन्दा धेरैजना मारिएको उल्लेख गरेको छ ।
हमासले अक्टोबर ७ मा इजरायलमा आक्रमण गरेको थियो । जसबाट इजरायलमा १४ सय जनाले ज्यान गुमाएका छन् । दुई सयजनालाई हमासले बन्दी बनाएको अन्तर्राष्ट्रिय सञ्जारमाध्यमले जनाएका छन् ।
त्यसयता इजरायलले गाजामा निरन्तर आक्रमण गरिरहेको छ ।
© 2026 All right reserved to samajpress.com | Site By : Sobij