२०८३ भाद्र ८ सोमबार

Aug 24 2026 Monday

२०८३ भाद्र ८ सोमबार

बारेकोटका एक हजार परिवारको बास जंगल, गुफा र चौरमा

बारेकोटका एक हजार परिवारको बास जंगल, गुफा र चौरमा

भेरी नगरपालिका-३ थाप्लेका सर्वसाधारणहरु भूकम्पकाे त्रासले सडकमा सुत्दै ।तस्बिरः हेमन्त केसी / रासस

काठमाडौँ- जाजरकोटको बारेकोट गाउँपालिकाका अध्यक्ष वीरबहादुर गिरीले केन्द्रबिन्दु भए पनि त्यहाँ मानवीय क्षति कम भएको बताएका छन्। उनका अनुसार भौतिक संरचनामा भने ठूलो क्षति भएको छ। झण्डै एक हजार परिवार विस्थापित भएका छन्।

उनीहरुको घर पूर्ण रूपमा क्षतिग्रस्त भएको छ। बस्नै नहुने अवस्था छ। त्यहाँ अन्य एक हजार पाँच सयको हाराहारीमा घर जोखिममा छन्। उक्त गाउँपालिकाको रामिडाँडालाई केन्द्रबिन्दु बनाएर शुक्रबार राति ६.४ म्याग्निच्युडको भूकम्प गएको थियो।

‘भूकम्प सम्झँदा र घरको अवस्था देख्दा सबै तर्सित छन्। भूकम्प पीडित गाउँभन्दा टाढा जंगल, गुफा र चौरमा बसिरहेका छन्’, उनले भने। भूकम्पबाट त्यहाँ सडकलगायत भौतिक संरचनामा क्षति पुगेको छ। घर क्षतिग्रस्त छन्। जमिन भासिएको छ। गाउँपालिकाको केन्द्रबाट तीन किलोमिटर टाढा रहेको भूकम्पको केन्द्रबिन्दुमा बस्ती, जंगल र खोला छ।

 

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij