काठमाडौँ । नेकपा माओवादी केन्द्रले रसुवामा आएको बाढीमा परेकाको उद्धारका साथै राहत तथा पुनर्स्थापनाका लागि गम्भीरतापूर्वक काम गर्न सरकारको ध्यानाकर्षण गराएको छ ।
पार्टी केन्द्रीय कार्यालय पेरिस डाँडामा बिहीबार बसेको माओवादी पदाधिकारी बैठकले बाढीमा परि मृत्यु भएकाहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै उद्धारका साथै राहत तथा पुनर्स्थापनाका लागि गम्भीरतापूर्वक काम गर्न सरकारको ध्यानाकर्षण गराएको प्रवक्ता अग्नि सापकोटाले जानकारी दिए ।
बैठकले प्राकृतिक प्रकोपका कारण भविष्यमा हुनसक्ने क्षतिहरूको पनि अहिले नै गम्भीर तयारी गर्न समेत माग गरेको उनले बताए ।
बैठकले साउनको ७ गते पुष्पलालको जन्म दिवस मनाउने निर्णय गरेको उनले जनकारी दिए ।
त्यस्तै बैठकले आन्तरिक तथा संगठनात्मक विषयमा केही निर्णयहरू भएको प्रवक्ता सापकोटाले बताएका छन् ।
© 2026 All right reserved to samajpress.com | Site By : Sobij