२०८३ कार्तिक १६ आइतबार

Nov 01 2026 Sunday

२०८३ कार्तिक १६ आइतबार

प्रधानमन्त्री ओलीद्वारा रसुवाको बाढी प्रभावित क्षेत्रको अवलोकन

प्रधानमन्त्री ओलीद्वारा रसुवाको बाढी प्रभावित क्षेत्रको अवलोकन

काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले रसुवाको बाढी प्रभावित क्षेत्रको अवलोकन गरेका छन्।

नेपाल–चीन सिमानाको ल्हेन्दे खोला र भोटेकोसी नदीमा आएको बाढीका कारण भएको जनधनको क्षतिबारे बुझ्न प्रधानमन्त्रीसहितको टोली रसुवा पुगेको हो।

प्रधानमन्त्री ओलीका साथमा अर्थमन्त्री विष्णुप्रसाद पौडेल, गृहमन्त्री रमेश लेखक, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्कालगायत थिए।

रसुवाका सहायक प्रमुख जिल्ला अधिकारी द्रुवप्रसाद अधिकारीका अनुसार बाढीमा हालसम्म २० जना बेपत्ता भएका छन्। यस्तै, २३ वटा मालवाहक कन्टेनर, ६ मालवाहक ट्रक र ३५ वटा नयाँ विद्युतीय सवारीसाधन गरी ६४ वटा बगेका छन्।

 

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij