२०८३ कार्तिक ६ बिहिबार

Oct 22 2026 Thursday

२०८३ कार्तिक ६ बिहिबार

स्रोत नखुलेको २२ लाख रुपैयाँसहित विराटनगरबाट एक किशोर पक्राउ

स्रोत नखुलेको २२ लाख रुपैयाँसहित विराटनगरबाट एक किशोर पक्राउ

मोरङबाट प्रहरीले स्रोत नखुले २२ लाख रुपैयाँसहित १६ वर्षीय एक किशोरलाई पक्राउ गरेको छ। विराटनगर–६ शनि मन्दिर चोकबाट मंगलबार दिउँसो स्रोत नखुलेको २२ लाख रुपैयाँसहित १६ वर्षीय किशोरलाई पक्राउ गरिएको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ।

उक्त रकम अबैध हुण्डी कारोबारको भएको अनुमान प्रहरीले गरेको छ। विशेष सूचनाको आधारमा खटिएको प्रहरीले किशोरले बोकेको कालो झोलाबाट २२ लाख रकम बरामद गरेको हो। उक्त रकम अवैध हुनसक्ने अनुमान प्रहरीले गरेको छ।

किशोरको साथबाट नेपाली रुपैयाँ २१ लाख ८७ हजार बरामद भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ।

उनको साथबाट एक हजार दरका १ हजार ६८७ थान र पाँच सय दरका १ हजार थान रुपैयाँ बरामद भएको प्रहरीले जनाएको छ।

त्यसैगरी उनको साथबाट बलराम केसरीको नाममा रहेको कुमारी बैंकको एक थान चेक, रञ्जितकुमार साहको नाममा रहेको एनआईसी एसिया बैंकको चेकमा उमेशकुमार भगतको नाममा काटिएको ८६ हजारको चेक, ग्लोबल आईएमई बैंक लिमिटेडमा विभिन्न मितिमा १६ लाख ६९ हजार ५ सय रुपैयाँ जम्मा गरेको रसिद ४ थान र उनले प्रयोग गरेको प्रदेश १–०२–०४३ प ६२४१ नम्बरको मोटरसाइकल समेत प्रहरीले बरामद गरेको छ।

उनलाई जिल्ला प्रहरी कार्यालय मोरङको हिरासतमा राखेर थप अनुसन्धान प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij