२०८३ कार्तिक १६ आइतबार

Nov 01 2026 Sunday

२०८३ कार्तिक १६ आइतबार

सभापति र प्रधानमन्त्री छाड्न भनेपछि देउवाले जवाफमा भनेः म अप्ठ्याराे मानिस हुँ विचार गर्नुहोस्

सभापति र प्रधानमन्त्री छाड्न भनेपछि देउवाले जवाफमा भनेः म अप्ठ्याराे मानिस हुँ विचार गर्नुहोस्

काठमाडौँ – कांग्रेसको जारी केन्द्रीय कार्यसमितिको बैठकमा महामन्त्री विश्वप्रकाश शर्माले सभापति देउवालाई प्रधानमन्त्री पदसमेत त्यागेर अभिभावकीय भूमिका निर्वाह गर्न सुझाव दिएका छन्।

सोमबार पार्टी कार्यालय सानेपामा जारी बैठकमा शर्माले सभपाति देउवालाई आफ्नो पूर्व भनाइ अनुसार दुवै पद त्यागेर अभिभावकीय भूमिका निर्वाह गर्न सुझाव दिएका थिए।

लगत्तै ठठ्यौँलि शैलीमा सभापित देउवाले आफू अप्ठेरो मान्छे भएकाले अरुले भनेको नमान्ने जवाफ दिएका हुन्। सभापति देउवाको भनाइ उद्धृत गर्दै एक केन्द्रीय सदस्यले भने, ‘म के गर्छु मेरो कुरा हो, मैले कसैलाई पनि भनेर गर्ने होइन। म अप्ठेरो मानिस हुँ, विचार गर्नुस्।’

बैठकमा महामन्त्री शर्माले दुवै पद लागे देउवाको उचाइ सगरमाथा जस्तै उचाइमा पुग्ने भन्दै प्रशंसा गरेका थिए। ‘सभापतिज्यू सबै कुरा गरिसक्नु भएको छ। २०८३ को असारमा कुनै साथीलाई प्रस्ताव गरेर सभापतिज्यूको उचाइ सगरमाथाको उचाइभन्दा माथि उठ्नुपर्छ, शर्माले भने।

पार्टीमा सबैलाई एक बनाएर लैजना पनि देउवाले सभापति र प्रधानमन्त्री पद त्यागेर माथि उठ्नुपर्ने उल्लेख गरे। सभापति देउवाले सभापतिमा चार वर्षे कार्यकालपछि विधान बमोजिमको एक वर्ष थप र संविधानले दिएको ६ महिनापछि मात्रै महाधिवेशन गर्ने प्रष्ट संकेत गरे।

 

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij