२०८३ कार्तिक १६ आइतबार

Nov 01 2026 Sunday

२०८३ कार्तिक १६ आइतबार

रामहरि खतिवडा समितिमा नजाने, गाडी आजै फर्काउने

रामहरि खतिवडा समितिमा नजाने, गाडी आजै फर्काउने

काठमाडौं । संघीय निजामती सेवा विधेयकमा ‘कुलिङ पिरियड’ मा भएको छलछामको छानबिन गर्न गठित संसदीय समितिले प्रतिवेदन नबुझाएसम्म प्रतिनिधिसभा अन्तर्गत राज्य व्यवस्था तथा परामर्श समितिका सभापति रामहरि खतिवडाले समितिमा नजाने भएका छन् ।

सभामुख देवराज घिमिरेले डाकेको कार्य व्यवस्था परामर्श समितिको बैठकमा खतिवडाले समिति गठन भएसँगै आफू केही दिन समितिमा नजाने र सभापति भए बापत पाएको गाडी सुविधा पनि छोड्ने जानकारी गराएका हुन् । ‘म केही दिन समिति जान्नँ । आजै गाडी फिर्ता दिएर आफ्नै गाडी चढ्छु,’ उनले भने, ‘समितिले प्रतिवेदन नबुझाएसम्म आजदेखि मैले बैठकको नेतृत्व गर्दिनँ ।’

संघीय निजामती सेवा विधेयकको प्रतिवेदनमा भएको त्रुटि छानबिन विशेष समितिमा नेपाली कांग्रेसका जीवन परियार र सुशीला थिङ, नेकपा एमालेका ईश्वरी घर्ती र नारायणप्रसाद आचार्य, नेकपा माओवादी केन्द्रका माधव सापकोटा, रास्वपाका गणेश पराजुली र राप्रपाकी रोशन कार्की छन् । निजामती विधेयकमा रहेको सेवा निवृत्त उच्च पदस्त कर्मचारीले २ वर्षपछि मात्रै सरकारी नियुक्ति लिन पाउने व्यवस्था रहेको प्रतिवेदन राज्य व्यवस्था तथा सुशासन समितिले पारित गरेको भए पनि प्रतिनिधिसभाको पूर्णसभाबाट पारित भएर आउँदा अर्कै विषय रहेको पाइएपछि विवाद भएको थियो ।

 

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij