२०८३ भाद्र ८ सोमबार

Aug 24 2026 Monday

२०८३ भाद्र ८ सोमबार

किस्टमा कलेजो र मिर्गौलाको एकैसाथ सफल प्रत्यारोपण

किस्टमा कलेजो र मिर्गौलाको एकैसाथ सफल प्रत्यारोपण

ललितपुर । किष्ट मेडिकल कलेज तथा शिक्षण अस्पतालले कलेजो र मिर्गौलाको एकैसाथ सफल प्रत्यारोपण गरेको छ।

आइतबार काठमाडौँमा पत्रकार सम्मेलन गरी अस्पतालले जटिल एवंम् दुर्लभ प्रकृतिको कलेजो र मिर्गौलाको एकै साथ सफल प्रत्यारोपण गरिएको र बिरामी स्वास्थ्य लाभ गरी घर फर्किएको जानकारी दिएको हो।

यस प्रकारको शल्यक्रिया नेपालकै इतिहासमा पहिलो पटक सफल भएको अस्पतालको दाबी छ।

‘जटिल एवंम् दुर्लभ प्रकृतिको दुवै अङ्गहरु कलेजो र मिर्गौलाको एकैसाथ सम्पन्न प्रत्यारोपण सफल भएको छ,’ पत्रकार सम्मेलनमा अस्पतालले भनेको छ, ‘स्वास्थ्य लाभ पश्चात विरामीलाई आज किष्ट शिक्षण अस्पतालबाट डिस्चार्ज गरिएको छ। यस प्रकारको शल्यक्रिया नेपालकै इतिहासमा पहिलो पटक सम्पन्न भएको हो।’

अस्पतालले लामो समयदेखि डायलाईसिस सेवा लिइरहेकी बिरामीको रोगको पहिचान गरी दुवै अङ्गको एकैसाथ प्रत्यारोपण शल्यक्रिया गरेको थियो।

लामो समयदेखि डायलाईसिस सेवा लिईरहेकी उनको यो दुर्लभ रोगको पहिचान किष्ट अस्पतालमा नै भएको थियो। बिरामीको जीवन रक्षार्थ दुवै अङ्गको एकै साथ प्रत्यारोपण शल्यक्रिया मात्र अन्तिम उपाय ठहर गरी अस्पतालले शल्यक्रियाको तयारी गरेको थियो।

अस्पतालले १०० जना भन्दाबढी स्वास्थ्यकर्मी परिचालित गरी भदौ २२ गते १८ घण्टाभन्दा बढी समय लगाएर दुवै अङ्गहरुको एकैसाथ प्रत्यारोपण सम्पन्न भएको जानकारी दिएको हो

‘१०० जना भन्दा बढी स्वास्थ्यकर्मी परिचालित गरी १८ घण्टा भन्दा बढी समय लगाएर दुवै अङ्गहरुको एकै साथ मिति २०६० असोज २२ मा प्रत्यारोपण सम्पन्न भएको थियो। कलेजो प्रत्यारोपण चिकित्सक टोलीले शुरुमा कलेजो दाताको शल्यक्रिया गरी लगत्तै कलेजो ग्रहणकर्ताको शल्यकृया गरेको थियो,’ अस्पतालले भनेको छ।

बिरामीको कलेजोमा भएको जन्मजात रोगका कारण दुवै मिर्गौला बिग्रन गएको थियो।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij