२०८३ भाद्र ८ सोमबार

Aug 24 2026 Monday

२०८३ भाद्र ८ सोमबार

मुगु हत्याकाण्डको छानबिनमा डिआइजी खटिए

मुगु हत्याकाण्डको छानबिनमा डिआइजी खटिए

मुगु । मुगुको छायाँनाथ रारा नगरपालिका वडा नम्बर ५ मुन्दु गाउँमा चार जना मृत भेटिएको घटनास्थलमा डीआईजी भीमप्रकाश ढकाल पुगेका छन्।

कर्णाली प्रदेश प्रमुख ढकाल आइतबार मुगु पुगेका हुन्। अनुसन्धानमा भएका प्रगति बुझ्न र अनुसन्धानलाई थप सहयोग गर्न ढकाल मुगु गएका हुन्।

कर्णाली प्रदेश, जुम्ला र कोहलपुरबाट कुकुरसहित प्रहरीको अनुसन्धान टोली यसअघि नै मुगु पुगेको थियो। टोलीले गत शनिबारदेखि अनुसन्धानको काम जारी राखेको छ।

मुन्दु गाउँमा आमा र तीन जना छोराछोरी मृत भेटिएका थिए। उनीहरूको हत्या भएको आशंका छ। गत शुक्रबार बिहान श्रीदेवी बोहोरा, उनका ११ वर्षका छोरा मनोज, सात वर्षकी छोरी अप्सरा र १ वर्षका छोरा रहर मृत भेटिएका थिए। घरभित्रै उनीहरूको शव फेला परेको थियो।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij