२०८३ कार्तिक ११ मंगलबार

Oct 27 2026 Tuesday

२०८३ कार्तिक ११ मंगलबार

तीन दलका शीर्ष नेताबीचको छलफल सिंहदरबारमा

तीन दलका शीर्ष नेताबीचको छलफल सिंहदरबारमा

काठमाडौं– प्रमुख तीन दलका शीर्ष नेताहरू छलफलमा जुटेका छन् । प्रधानमन्त्री केपी शर्मा ओली र पूर्वप्रधानमन्त्रीद्वय शेरबहादुर देउवा तथा पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच सिंहदरबारमा छलफल भइरहेको छ ।

प्रचण्डको सचिवालयका अनुसार उनीहरू बीच संक्रमणकालीन न्यायसम्बन्धी विषयमा छलफल भइरहेको हो । यसअघि प्रधानमन्त्री ओलीले बुधबार नै प्रमुख दलका शीर्ष नेताहरूको बैठक बोलाएका थिए ।

तर, नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड उपत्यका बाहिर भएका कारण शीर्ष नेताहरू बीच छलफल हुन सकेको थिए । प्रचण्डको संघीय राजधानी नफर्किएका कारण बिहीबार पनि तीन दलको बैठक स्थगित भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij