अस्टिन, टेक्सास – अमेरिकामा बसोबास गरिरहेका राप्ती अञ्चलका प्रवासी नेपालीहरूले “अमेरिकन राप्ती समाज” नामक एक गैर-नाफामूलक सामाजिक संस्था गठन गरेका छन्। टेक्सासको अस्टिन शहरमा आयोजित विशेष भेलामार्फत संस्थाको औपचारिक घोषणा गरिएको हो।
भेलाले डिबी रावतलाई अध्यक्षमा निर्विरोध चयन गरेको छ।
शर्मिला थापा खनाल र मोहन कुसारी उपाध्यक्ष चयन भएका छन्।
त्यसैगरी, महासचिवमा सामना देवकोटा, कोषाध्यक्षमा बिर्ख खत्री
र अन्य कार्यसमिति सदस्यहरू चयन गरिएको छ।
“अमेरिकन राप्ती समाज” को उद्देश्य अमेरिका भरि रहेका राप्ती अञ्चलका नेपालीहरूलाई एकै सूत्रमा बाँध्दै सामाजिक, सांस्कृतिक र परोपकारी कार्यहरूमा सक्रिय योगदान गर्नु रहेको छ।
कार्यक्रममा सहभागीहरूले नवगठित कार्यसमितिलाई बधाई दिंदै समाजले प्रवासी नेपाली समुदायको हितमा उल्लेखनीय योगदान दिने विश्वास व्यक्त गरेका थिए।
नयाँ समितिले आगामी दिनहरूमा विभिन्न सांस्कृतिक तथा सामाजिक कार्यक्रमहरू आयोजना गर्ने योजना सार्वजनिक गरेको छ।
© 2026 All right reserved to samajpress.com | Site By : Sobij