पाँच दिनअघि सोलुखुम्बुको खुम्बु क्षेत्रबाट सम्पर्कबिहीन भएका एक जर्मन नागरिक बिरामी अवस्थामा भेटिएका छन्।
शुक्रबारदेखि सोलुखुम्बुको खुम्बु क्षेत्रबाट सम्पर्कबिहीन भएका जर्मन नागरिक ७६ वर्षीय डा.साखर गमलाई खुम्बु क्षेत्रको लबुचेस्थित एक होटलमा बिरामी अवस्थामा फेला पारिएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ।
उनी गएको शुक्रबार जहाजमार्फत लुक्ला ओर्लिएपछि एक्दै सगरमाथा क्षेत्रको भ्रमणमा निस्किएका थिए।
उनी सम्पर्कबिहीन भएपछि नेपालस्थित जर्मन दूतावासले सोलुखुम्बु प्रहरीलाई खोजीको लागि खबर गरेको थियो। त्यसपछि नेपाल प्रहरी, सगरमाथा राष्ट्रिय निकुञ्ज, नेपाल मानव अधिकार संगठन लगायतले उनको खोजी सुरु गरेका थिए।
© 2026 All right reserved to samajpress.com | Site By : Sobij