२०८३ कार्तिक १४ शुक्रबार

Oct 30 2026 Friday

२०८३ कार्तिक १४ शुक्रबार

प्रतिनिधि सभाको बैठक आइतबारसम्मका लागि स्थगित

प्रतिनिधि सभाको बैठक आइतबारसम्मका लागि स्थगित

काठमाडौँ । प्रतिनिधिसभा बैठक शुक्रबार बस्दै नबसी आइतबारसम्मका लागि सरेको छ ।

भिजिट भिसा प्रकरणमा सत्तापक्ष र प्रतिपक्षबिच कुरा नमिलेपछि बैठक आइतबार एक बजेसम्मका लागि सूचना टाँसेर स्थगित गरिएको हो ।

आज दिउँसो बजेका लागि बोलाइएको बैठक दिउँसो ३ बजे सूचना टाँसेर आइतबारसम्मका लागि सारिएको सभामुख देवराज घिमिरेका प्रेस संयोजक शेखर अधिकारीले जानकारी दिए ।

यसअघि भिजिट भिसा प्रकरणमा प्रतिनिधिसभा बैठक जेठ १३ गते र २२ गते सुरु भएर कार्यसूचीमा प्रवेश नगरी स्थगित भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij