२०८३ कार्तिक ५ बुधबार

Oct 21 2026 Wednesday

२०८३ कार्तिक ५ बुधबार

मनाङ एयरको हेलिकप्टर दुर्घटना

मनाङ एयरको हेलिकप्टर दुर्घटना

काठमाडौं । मनाङ एयरको हेलिकप्टर दुर्घटनामा परेको छ। ९ एन-एएनजे कलसाइन भएको हेलिकप्टर रुम्झाटारबाट लुबुचेका लागि उडानमा हुँदा दुर्घटनामा परेको हो।

मनाङ एयरका निर्देशक राजु न्यौपानेका अनुसार हाइ अल्टिच्युडमा रहेका यात्रु लिन आज बिहान ७:१३ मिनेट उडेको हेलिकप्टर दुर्घटना भएको हो ।

हेलिकप्टरमा पाइलटमात्रै थिए । पाइटल पिके सेढाइ सुरक्षित रहेको निर्देशक न्यौपानेले जानकारी दिए ।

नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलका अनुसार पाइलट सेढाइलाई फिस्टेलको हेलिकप्टरले लुक्ला ल्याएको छ । उनलाई अहिले ह्याम्स हस्पिटल ल्याइँदैछ ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij