२०८३ भाद्र ८ सोमबार

Aug 24 2026 Monday

२०८३ भाद्र ८ सोमबार

गाजाका ११ लाख नागरिकलाई इजरायली सेनाले भन्यो सहर छोडेर जानुस

गाजाका ११ लाख नागरिकलाई इजरायली सेनाले भन्यो सहर छोडेर जानुस

इजरायली सेनाले गाजा सहरमा रहेका नागरिकलाई सहर खाली गर्न भनेको छ। इजरायली सेनाले गाजामा बसोबास गर्दै आएका करिब ११ लाख नागरिकलाई सहर छोडेर दक्षिण तर्फ जान भनेको बीबीसीले लेखेको छ।

सेनाका अधिकारीले एक्समा भिडियो सन्देश जारी गर्दै भनेको छ, ‘गाजा सहरमा तपाईं त्यतिबेला मात्रै फर्कनुहोला जतिबेला हामी दोहोर्याएर घोषणा गर्नेर्छौं।’

इजरायली सेनाले हमास समूहसँगको लडाईका कारण युद्ध थप चर्किने भएकाले सर्वसाधारणको ज्यानको सुरक्षाका लागि यो आग्रह गरिएको बताएको छ।

साथै इजरायली सेनाले आफ्नो कुरा नमाने अवस्था थप भयावह बन्न सक्ने चेतावनी पनि दिएको छ।

यसैबीच, संयुक्त राष्ट्र सङ्घले इजरायलले गाजामा बसोबास गर्ने ११ लाख नागरिकलाई सहर खाली गर्न भनेको पुष्टि गरेको छ। सङ्घले यति धेरै संख्यामा नागरिकलाई सहर खाली गर्न भन्नु उचित नभएको र सम्भव पनि नभएको बताएको छ।

इजरायल र हमासबीचको युद्ध विगत ७ दिनदेखि जारी छ। जसमा हालसम्म दुबै तर्फको गरेर २ हजार ५ सयभन्दा बढीको मृत्यु भइसकेको छ भने ४ लाखभन्दा बढी मानिस घरबारबिहीन बनेका छन्। युद्धमा परी ६ हजारभन्दा बढी मानिस घाइते भएको संयुक्त राष्ट्र सङ्घले जनाएको छ।

 

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij