२०८३ कार्तिक १० सोमबार

Oct 26 2026 Monday

२०८३ कार्तिक १० सोमबार

४५ संस्थानमा सरकारको सात खर्ब लगानी, कुल सम्पत्ति २९ खर्ब १० अर्ब

४५ संस्थानमा सरकारको सात खर्ब लगानी, कुल सम्पत्ति २९ खर्ब १० अर्ब

काठमाडौँ – नेपालका सार्वजनिक संस्थानमा आर्थिक वर्ष २०८०/८१ सम्म सरकारको लगानी सात अर्ब तीन अर्ब ९३ करोड रुपैयाँ पुगेको तथ्याङ्क सार्वजनिक भएको छ ।

सरकारका उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले प्रतिनिधि सभामा ‘सार्वजनिक संस्थानको वार्षिक स्थिति समीक्षा, २०८२’ पेश गर्दै यस्तो जानकारी दिएका हुन्‌ ।हाल देशमा ४५ वटा सार्वजनिक संस्था सञ्चालनमा छन्‌ । जसमध्ये २० वटा पूर्ण सरकारी स्वामित्वका र २५ वटामा सरकारको अधिकांश स्वामित्व छ ।

आर्थिक वर्ष २०८०/८१ मा सार्वजनिक संस्थानको कुल सम्पत्ति अघिल्लो आर्थिक वर्षभन्दा २.०२ प्रतिशतले वृद्धि भइ २९ खर्ब १० अर्ब १७ पुगेको अर्थमन्त्री पौडेलले जानकारी दिए ।

सार्वजनिक संस्थानमा नेपाल सरकारको कुल लगानी समीक्षा अवधिसम्म ५.८६ प्रतिशतले वृद्धि भइ सात खर्ब तीन अर्ब ९३ करोड रुपैयाँ पुगेको छ ।

यी संस्थानमा सरकारको शेयर लगानी तीन खर्ब ६४ अर्ब ८६ करोड र ऋण लगानी तीन खर्ब ३९ अर्ब सात करोड रुपैयाँ रहेको अर्थमन्त्रीले बताएका हुन्‌ ।

 

 

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij