२०८३ कार्तिक १० सोमबार

Oct 26 2026 Monday

२०८३ कार्तिक १० सोमबार

पेट्रोलियम पदार्थको मूल्य घट्यो

पेट्रोलियम पदार्थको मूल्य घट्यो

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ ।

निगमले विहिबार राति १२ बजेपछिबाट लागू हुनेगरी पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घटाएको हो।

जस अनुसार पेट्रोलको मूल्यमा प्रति लिटर १ रुपैयाँ, डिजेल र मट्टितेलमा ३ रुपैयाँ घटाइएको निगमले जानकारी दिएको छ ।

मुल्य घटेपछि काठमाडौँमा पेट्रोल प्रतिलिटर १५७ भएको छ भने डिजल तथा मट्टीतेलको प्रति लिटर १४२ भएको निगमले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij