काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय सभामा सरकारले ल्याएको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथि बैशाख २८ गते जवाफ दिने भएका छन् ।
राष्ट्रियसभाको बैठकमा नीति तथा कार्यक्रममाथिको छलफल जारी छ ।
सङ्घीय संसद् सचिवालयका अनुसार राष्ट्रिय सभाको बैठक यही वैशाख २८ गते आइतबार दिउँसो १:१५ बजे बस्ने छ र सो बैठकमा प्रधानमन्त्री ओलीले जवाफ दिने कार्यक्रम रहेको महासचिव पद्मप्रसाद पाण्डेले जानकारी दिएका छन् ।
© 2026 All right reserved to samajpress.com | Site By : Sobij