२०८३ कार्तिक ५ बुधबार

Oct 21 2026 Wednesday

२०८३ कार्तिक ५ बुधबार

धनकुटामा प्रहरीका असई मृत फेला

धनकुटामा प्रहरीका असई मृत फेला

धनकुटामा कार्यरत नेपाल प्रहरीका सहायक निरीक्षक (असई) सुतेकै ठाउँमा मृत फेला परेका छन्।

चौबिसे गाउँपालिकास्थित मुढेबास प्रहरी चौकीका इन्चार्जसमेत रहेका ४१ वर्षीय प्रकाश चौधरी बुधबार डेरामै मृत फेला परेका हुन्।

मोरङ घर भएका उनी बुधबार बिहान सुतेकै स्थानमा मृत अवस्थामा फेला परेका जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ।

टाउको दुख्यो भन्दै कोठामा सुत्न गएका चौधरीलाई आफ्नै ओछ्यानमा घोप्टो परेको अवस्थामा मृत फेला पारिएको उनका सहकर्मीहरुले बताएका छन्।

चौधरीको शव पोस्टमार्टमका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगिएको छ। घटनको सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij