काठमाडौं । नेपाली बजारमा सुनको मूल्यमा ठुलो गिरावट आएको छ ।
बुधबार सुन तोलामा ७ हजार ५ सयले घटेको हो । आज १ लाख ९० हजार ४०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ । यसअघि मंगलबार सुन एक लाख ९७ हजार ९ सयमा कारोबार भएको थियो ।
त्यस्तै आज चाँदी तोलामा ५ रुपैयाँ घटेर १९६५ रुपैयाँ कायम भएको महासंघले जानकारी दिएको छ ।
© 2026 All right reserved to samajpress.com | Site By : Sobij