२०८३ कार्तिक १० सोमबार

Oct 26 2026 Monday

२०८३ कार्तिक १० सोमबार

चट्याङ लागेर डोटीमा एक जनाको मृत्यु, सात घाइते

चट्याङ लागेर डोटीमा एक जनाको मृत्यु, सात घाइते

धनगढी । डोटीमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ। चट्याङ लागेर सात जना घाइते भएका छन्।

गए राति सायल गाउँपालिका-६ दल्लेखस्थित लहरी नागरीको घरमा चट्याङ पर्दा उनकी श्रीमती अन्दाजी ३३ वर्षीया कमला नागरीको घटनास्थलमै मृत्यु भएको हो।

चट्याङ लागेर लहरीका छोराछोरीहरू १० वर्षीया तारा नागरी, ८ वर्षीय अविशेक नागरी, ६ वर्षीय अबि नागरी र ३ महिना शंकर नागरी घाइते भएका छन्। उनीहरूको टाउकोमा चोट लागेको र अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ।

चट्याङबाट स्थानीय ४० वर्षीया तारा नागरी, ८० वर्षीया काली दमाई र ६ वर्षीया खुशी नागरी पनि घाइते भएका छन्। उनीहरूको अवस्था सामान्य रहेको प्रहरीको भनाइ छ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij