२०८३ कार्तिक १४ शुक्रबार

Oct 30 2026 Friday

२०८३ कार्तिक १४ शुक्रबार

रास्वपाले गुहार्यो मानवअधिकार आयोग

रास्वपाले गुहार्यो मानवअधिकार आयोग

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पार्टी सभापति रवि लामिछानेको जिउज्यान र मानवअधिकारको रक्षाको माग गर्दै राष्ट्रिय मानवअधिकार आयोगमा ज्ञापनपत्र बुझाएको छ ।

रास्वपाका प्रमुख सचेतक, सांसदहरु, केन्द्रीय सदस्य, प्रदेशका सभापतिहरुलगायतको नेताहरु राष्ट्रिय मानव अधिकार आयोग पुगेर अध्यक्ष तोपबहादुर मगरलाई ध्यानाकर्षण पत्र बुझाएका हुन् ।

 

रास्वपाका कार्यवाहक महामन्त्री कविन्द्र बुर्लाकोटीले मानव अधिकार आयोगका अध्यक्ष मगरले उक्त घटनाको छानविन गरी आवस्यक कारबाही प्रक्रिया अगाडि बढाउने प्रतिवद्धता व्यक्त गरेको बताए ।

 

रास्वपाले लामिछानेविरुद्ध अशोभाविक, अशोभनीय, गैरकानुनी कार्य भएको, प्रहरीले असामान्य व्यवहार गरी अभद्र शैली अपनाएको, अनुमतिविनै घरभित्र प्रवेश गरेको, सयन कक्षमै पुगेर धरपकड गरेकोलगायतको विषय ज्ञापनपत्रमा उल्लेख गरेको छ । लामिछानेलाई उच्च अदालत तुलसीपुर, बुटवल इजलासको आदेश कार्यान्वयन गराउन प्रहरीले गत चैत २२ गते राती पक्राउ गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij