२०८३ कार्तिक १० सोमबार

Oct 26 2026 Monday

२०८३ कार्तिक १० सोमबार

म्यानमारमा भूकम्पबाट मृत्यु हुनेको संख्या दुई हजार नाघ्यो

म्यानमारमा भूकम्पबाट मृत्यु हुनेको संख्या दुई हजार नाघ्यो

एजेन्सी । शुक्रबार म्यानमार र थाइल्याण्डमा गएको शक्तिशाली भूकम्पपछि ठूलो क्षति भएको छ ।

पछिल्लो विवरण अनुसार म्यान्मारमा मृत्यु हुनेको संख्या २ हजार नाघेको छ । म्यानमारको सरकारी मिडियाले भूकम्पबाट मृत्यु हुनेको संख्या २०५६ पुगेको जानकारी दिएको हो । त्यस्तै घाइते हुनेको संख्या ३९ सय पुगेको छ भने अझै २७० जना बेपत्ता रहेको जानकारी दिइएको छ । मृतक र घाइतेहरूको संख्या बढ्ने अनुमान गरिएको छ ।

 

म्यानमारको सत्तारुढ सैन्य सरकारले देशमा एक हप्ताको राष्ट्रिय शोक घोषणा गरेको छ । समाचार एजेन्सी एएफपीको रिपोर्ट अनुसार म्यानमारमा घोषणा गरिएको राष्ट्रिय शोक अप्रिल ६ सम्म जारी रहनेछ । यस समयमा झण्डा आधा झुकाइनेछ । शक्तिशाली भूकम्पपछि म्यानमारमा आपतकाल घोषणा गरिएको छ ।

 

मार्च २८ मा रेक्टर स्केलमा ७.७ म्याग्निच्युडको यस भूकम्पको केन्द्रबिन्दु म्यानमारको दोस्रो ठूलो शहर मन्डले नजिकै थियो । भूकम्पको धक्का महसुस भएको केही समयपछि ६.४ म्याग्निच्युडको भूकम्प पनि गएको र त्यसपछि सयौं परकम्पन गएका थिए ।

 

पहिलो दुई भूकम्पको केन्द्रबिन्दु जमिनभन्दा १० किलोमिटर तल थियो भने तेस्रो भूकम्प जमिनभन्दा २२.५ किलोमिटर तल गहिराइमा गएको थियो ।

 

अहिले युद्धस्तरमा राहत र उद्धारको काम भइरहेको छ । भूकम्पपछि अमेरिका, युरोपेली युनियन, भारत, चीन जस्ता देशले उद्धारका लागि सहयोग गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij