बुधबार इजरायल जाने तयारीमा रहेका २४ नेपालीलाई नजान सरकारको आग्रह
काठमाडौँ- सरकारले आगामी बुधबारका लागि इजरायल उड्न तयार भएका २४ जना नेपालीलाई नजान आग्रह गरेको छ।
वैदेशिक रोजगार व्यवस्थापन शाखाले इजरायलको अहिलेको अवस्थालाई ध्यानमा राख्दै त्यहाँका लागि उडान तय भएका नेपालीलाई नजान भनेको हो।
‘इजरायलको हालको संकटपूर्ण अवस्थामा उडान तालिका बमोजिम उडान प्रतिक्षामा रहेका तपशिल बमोजिमका २४ जना नेपाली कामदारहरूलाई इजरायलको यात्रा नगर्न एवं इजरायको शान्ति सु-व्यवस्था सामान्य भएपश्चात वैदेशिक रोजगार सम्बन्धी थप कारवाही अगाडि बढाउने भनी मिति २०८०/०६/२२ गतेमा भएको यस मन्त्रालयको निर्णय जानकारीको लागि अनुरोध छ,’ विभागले भनेको छ।

© 2026 All right reserved to samajpress.com | Site By : Sobij