२०८३ भाद्र ८ सोमबार

Aug 24 2026 Monday

२०८३ भाद्र ८ सोमबार

यी हुन् अझै सम्पर्कमा नरहेका नेपाली

यी हुन् अझै सम्पर्कमा नरहेका नेपाली

काठमाडौं । इजरायल आक्रमणमा बेपत्ता भएका नेपाली विपीन जोशी अझै सम्पर्कमा आएका छैनन् । उनको अवस्था अझै अज्ञात छ ।

इजरायलस्थित नेपाली दूतावासले सम्पर्कविहीन रहेका जोशीको खोजी भइरहेको जनाएको छ । उनी अस्पतालमा रहे/नरहेको समेत जानकारी नरहेको बताइएको छ ।

यद्यपि, उनलाई उद्धार गरेर अस्पताल लगिएको अपुष्ट जानकारी प्राप्त भएको इजरायलमा रहेका नेपालीहरूले बताएका छन् । उनी स्वयं र उनलाई देख्ने तथा चिन्ने जो कोहीलाई पनि उनीसँग सम्पर्क स्थापित गराइदिन पनि इजरायलमा रहेका नेपालीहरूले आग्रह गरिरहेका छन् ।

यसैबीच, विपीन सुवेदीलगायत ३२ नेपाली इजिप्टको बोर्डर नजिक पुगेका छन् । इजिप्टको बोर्डर नजिकै रहेको गमन फार्ममा आफूलगायत ३२ नेपाली सुरक्षित रहेको विपीनले बताएका छन् । इजरायलको सेनाले उनीहरुलाई सुरक्षित स्थानमा लगेको हो ।

उनले नेपाल फर्काइदिन पनि सामाजिक सञ्जालमार्फत आग्रह गरेका छन् ।

गएको शनिबार (असोज २० गते) प्यालेस्टाइनी विद्रोही समूह हमासको आक्रमणमा १० नेपालीको मृत्यु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij