काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता डा.शेखर कोइरालाले आगामि महाधिवेशनमा आफू सभापतिको उम्मेदवार रहने निश्चित भएकाले अरुको तयारीले खासै फरक नपर्ने बताएका छन् । सुर्खेतमा नेपाल प्रेस युनियनले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता कोइरालाले १४ औं महाधिवेशनमा शेरबहादुर देउवालाई समर्थन गर्ने नेताहरुको बैठकले आफ्नो अभियानलाई कुनै बाधा नपर्ने बताए ।
‘उहाँहरुले हिजो पनि देउवालाई सघाउनुभएको हो अहिलेपनि देउवासँगै छु भनिरहनुभएको छ । त्यसले मलाई फरक पर्दैन । अबको महाधिवेशनमा म सभापतिको उम्मेदवार रहन्छु र कार्यकर्ताहरुको मलाई साथ रहनेछ’, शेखरले भने ।
नेता कोइरालाले पार्टीको महाधिवेशन २०८४ को चुनावपछि गर्ने प्रस्ताव स्वीकार नहुने बताउनुभयो । कांग्रेसको विधान अनुसार २०८२ मंसिरमा हुनुपर्ने महाधिवेशन गर्न बाधा परे विधानकै व्यवस्था अनुसार ६ महिना वा वर्षदिन थप्न सकिने तर विधान विपरीत महाधिवेशन ढिलाई गर्न नमिल्ने शेखरको भनाई छ ।
© 2026 All right reserved to samajpress.com | Site By : Sobij